You are viewing the translated version of बेबसाइटमा प्रकाशन गर्नु पर्ने.

Section 26
बेबसाइटमा प्रकाशन गर्नु पर्ने
(१) देहायको प्रत्यायोजित विधायन देहाय बमोजिम प्रकाशन गर्नु पर्नेछ:-

(क) नेपाल सरकार वा कुनै निकायबाट जारी गरिने विनियमावली, आदेश, निर्देशिका, कार्यविधि वा मापदण्ड यस ऐन बमोजिम दर्ता नम्बर प्राप्त भएको मितिले सात दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायको वेबसाइटमा, तर यस खण्ड बमोजिमको प्रत्यायोजित विधायन नेपाल राजपत्रमा समेत प्रकाशन हुने भएमा नेपाल राजपत्रमा प्रकाशन भएपछि मात्र सम्बन्धित मन्त्रालय . वा निकायले आफ्नो वेबसाइटमा त्यस्तो प्रत्यायोजित विधायन प्रकाशन गर्नु पर्नेछ।

(ख) सङ्गठित संस्थाले जारी गर्ने प्रत्यायोजित विधायन यस ऐन बमोजिम दर्ता नम्बर प्राप्त भएको मितिले तीन दिनभित्र त्यस्तो संस्थाको वेबसाइटमा ।

(२) उपदफा (१) को-खण्ड (ख) बमोजिम नेपाल सरकार वा प्रत्यायोजित विधायन जारी गर्ने मन्त्रालय वा कुनै निकायले प्रत्यायोजित विधायनको प्रकाशन गर्दा त्यस्तो प्रत्यायोजित विधायन जारी गर्न निर्णय गर्ने अधिकारी, निर्णय मिति तथा दफा २४ बमोजिमको दर्ता नम्बर र मिति समेत उल्लेख गर्नु पर्नेछ।